कर्णाली प्रदेशसभा आइतबार बस्ने

कर्णाली प्रदेशसभा आइतबार बस्ने

कर्णाली प्रदेशसभाको बैठक आँउदो चैत १२ गते आइतबार बस्ने भएको छ । आइतबार दिँउसो ३ बजेका लागि बैठक बोलाइएको हो । 

बैठकको मिति तय भएपनि हालसम्म कुनै एजेण्डा पेश नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

उपसभामुख यशोदा न्यौपानेले सो दिन दिँउसो १ बजे सर्वदलीय बैठक बस्ने जानकारी दिइन् । सर्वदलीय बैठकले एजेण्डा तय गर्ने उनको भनाइ छ । 

‘चैत १२ गते दिँउसो ३ बजेका लागि बैठक बोलाइएको छ । अहिलेसम्म एजेण्डा तय भइसकेको छैन् । सो दिन १ बजे बस्ने सर्वदलीय बैठकले कुन विषयमा छलफल गर्ने हो निर्णय गर्छ’, उनले भनिन् । 

गत पुस १८ गते कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको बैठक बसेको थियो । त्यस्तै, माघ १ गते सभामुख र माघ ३ गते उपसभामुख चुनिएका थिए ।

टिप्पणीहरू