नगरपालिकाका स्वास्थ्य अधिकृत ओछ्यानमा सुतेको सुत्यै

नगरपालिकाका स्वास्थ्य अधिकृत ओछ्यानमा सुतेको सुत्यै

फिदिम नगरपालिकाका स्वास्थ्य अधिकृत प्रवेशकुमार श्रेष्ठ आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाका छैटौं तहका अधिकृत श्रेष्ठ कार्यालय नआएपछि गरिएको सोधखोजको क्रममा ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेका हुन् ।

धनकुटाको चौबीसे गाउँपालिका १ घर भएका श्रेष्ठ उक्त नगरपालिकाको स्वास्थ्य शाखामा सह–संयोजक थिए । हिजोेसम्म सबैसँग हाँसखेल गरेर आफ्नो काममा सक्रिय अधिकृत श्रेष्ठ आज मृत फेला परेका हुन् । प्रहरीले हृदयाघातका कारण उनको निधन भएको अनुमान गरेको छ ।

टिप्पणीहरू