कालो ब्यानर टाँगेर निजामती अस्पतालमा अनसन शुरु
काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा कर्मचारीहरुले अनसन थालेका छन् । उनीहरुले आज बिहान पनि ७ बजेदेखि अनसन शुरु गरेको बताइन्छ ।
कर्मचारीले विभिन्न माग राखेर पाँच दिनदेखि अनिश्चितकालीन रिले अनसन गर्दै आएका छन् । आज बिहानदेखि निजामती कर्मचारी अस्पताल कर्मचारी संघका सदस्य कृष्ण अधिकारी र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ सदस्य अशोक चन्द अनसनमा बसेका छन् ।
अनसन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हुने गरेको छ । अनसनकारीहरुले अस्पतालको मूल ढोकामा असक्षम कार्यकारी निर्देशकलाई अस्पताल प्रवेश निषेध लेखिएको कालो ब्यानर टाँगेका छन् ।
टिप्पणीहरू