काँग्रेसद्वारा १७ जना मनोनित

काँग्रेसद्वारा १७ जना मनोनित

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महासंघको केन्द्रीय तदर्थ समितिमा १७ जना सदस्य मनोनयन गर्नुभएको बताइएको छ ।

गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित समितिमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीकी नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, सर्लाहीकी भवानी कोइराला, पर्साका विश्वराज घिमिरे सदस्य छन् । 

त्यस्तै, महोत्तरीका डा. धिरेन्द्र साह, झापाका कालु मेचे, गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेकी ऋचा लुँईटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा, विश्वनाथ दाहाल, ईश्वर गिरी र कैलालीका डा.जितु उपाध्यायलाई पनि सदस्यमा मनोनित गरिएको छ ।

टिप्पणीहरू