संसदको आजको बैठकमा पनि विधेयक पेश गरिने

संसदको आजको बैठकमा पनि विधेयक पेश गरिने

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायको प्रतिवेदन र पर्यटनमन्त्रीले विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा प्रधानमन्त्री दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

टिप्पणीहरू