मीटरब्याज पीडितलाई मुख्यमन्त्रीको साथ, पैदल राजधानी पुगेपछि सहानुभूतिका शब्द

मीटरब्याज पीडितलाई मुख्यमन्त्रीको साथ, पैदल राजधानी पुगेपछि सहानुभूतिका शब्द

मीटरब्याज पीडितहरुको आन्दोलनमा विभिन्न क्षेत्रले ऐक्यबद्धता जनाउन थालेका छन् । सोही क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि समर्थन गरेका हुन् । 

मीटरब्याजको समस्या मधेशमा उत्पन्न भए पनि अहिले राष्ट्रिय बन्दै गएको यादवको भनाइ छ । समस्या समाधानको निम्ति संघीय सरकार, प्रदेश सरकार र नेपाल राष्ट्र बैंक मिलेर काम गर्नुपर्ने उनको सुझाव छ ।

मधेशको बर्दिबासदेखि हिँडेरै काठमाडौं आएका मीटरब्याज पीडितहरूको बारेमा मुख्यमन्त्रीले राजधानीमा प्रदर्शन हुन थालेपछि समर्थनमा विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले अस्तिदेखि राजधानीमा शुरु गरेको आन्दोलनमा अन्य दलका नेताहरुले पनि समर्थन र ऐक्यबद्धता जनाएका छन् । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौँको मातातीर्थ पुगेर उनीहरुलाई अस्ति भेटेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मीटरब्याज पीडितको मागप्रति समर्थन जनाउँदै हिजो आन्दोलनस्थल, नयाँ बानेश्वर पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू