उपमेयरहरुको सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : सरकार ५ वर्ष टिक्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पूरै कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । उहाँले न्यायिक समिति (उपमेयर) को पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्रीको सम्बोधनअघि बोलेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदलको सन्दर्भ उठाएका थिए । उनले संघीय सरकार परिवर्तन भइरहँदा स्थानीय तहमा त्यसको असर परेको बताएका थिए । प्रधानमन्त्री दाहालले मेयरलाई जवाफ दिने क्रममा उक्त धारणा राख्नुभएको हो ।

राष्ट्रिय सम्मेलनको प्रधानमन्त्रीले डिजटल एप शुभारम्भ गरेर उद्घाटन गर्नुभएको हो । डिजिटल एपमा न्याय सेवालाई अनलाइनमार्फत सेवा दिने बताइएको छ ।
 

टिप्पणीहरू