नयाँ दिल्लीमा आतंकवादको चर्चा

नयाँ दिल्लीमा आतंकवादको चर्चा

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आतंकवाद र यसमा गरिएको लगानी दुबै खतरापूर्ण रहेको टिप्पणी गरेका छन् । उनले राजधानी नयाँ दिल्लीमा आयोजित सांघाई सहयोग संगठनको बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।

उक्त संगठन चीन,भारत, कजाकस्तान, किर्गिस्तान,पाकिस्तान, रुस,ताजिकिस्तान र उज्बेकिस्तान सदस्य रहेको क्षेत्रीय संगठन हो । अन्य केही राष्ट्र संगठनमा पर्यवेक्षक र डाइलग पार्टनरको रुपमा आवद्ध छन् ।

भारत उक्त संगठनमा २१ वर्षपछि सन् २०१७ मा मात्र आवद्ध भएको हो । सन् १९९६ मा स्थापित यो संगठनको संस्थापक मुलुकहरुमा चीन, कजाकस्तान, किर्गिस्तान,रुस र ताजिकिस्तान थिए । 

भारत यो वर्ष संगठनको अध्यक्ष मुलुकको हैसियतमा छ । संगठनको आगामी सम्मेलन यो वर्षको अन्ततिर गोवामा हुँदैछ । सदस्य राष्ट्रका रक्षामन्त्री र विदेशमन्त्रीहरुको छुट्टाछुट्टै बैठकपछि शिखर सम्मेलन हुने गरेको छ ।

टिप्पणीहरू