जासुसी आरोपमा अमेरिकी पत्रिकाका संवाददाता रुसमा पक्राउ

जासुसी आरोपमा अमेरिकी पत्रिकाका संवाददाता रुसमा पक्राउ

रुसले अमेरिकी सञ्चारमाध्यमसँग आवद्ध पत्रकारलाई पक्राउ गरेको छ । वाल स्ट्रिट जर्नलका संवाददाता इभान गेर्शकोभिचलाई पूर्वी रुसी शहर येकातेरिनवर्गबाट नियन्त्रणमा लिइएको बताइएको छ । 

उनलाई रुसविरुद्ध जासुसी गरेको आरोप लगाइएको छ । मस्कोबाट झण्डै एक हजार किलोमीटर पूर्वको उक्त शहरमा पक्राउ परेका इभानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

उनी यसअघि एएफपी र मस्को टाइम्सको निम्ति रिपोर्टिङ गर्थे । त्यसैगरी न्यूयोर्क टाइम्सलाई पनि समाचार पठाउने गरेको बताइन्छ । उनको कार्यक्षेत्र भूतपूर्व सोभियत संघ र त्यसपछि रुस तथा युक्रेन थियो ।

टिप्पणीहरू