भट्टराई आश्रम पुगे उपप्रधान एवम् रक्षामन्त्री

भट्टराई आश्रम पुगे उपप्रधान एवम् रक्षामन्त्री

 हिजो नियुक्त उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान कृष्णप्रसाद भट्टराई आश्रम पुग्नुभएको छ ।

मन्त्री खड्का मन्त्री नियुक्त भएपछि आज बिहान सबैभन्दा पहिले काँग्रेसका तत्कालीन सभापति तथा भूतपूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्न त्यहाँ जानुभएको बताइएको छ ।

 उहाँ साढे १० बजेको समयमा आश्रम पुग्नुभएको थियो । सन्त नेताको परिचय बनाउनुभएका भट्टराई जीवनको उत्तराद्र्धमा ललितपुरको गोदावरी नजिकैको बाडेगाउँमा बनाइएको आश्रममा बस्नुभएको थियो ।
 

टिप्पणीहरू