राष्ट्रपतिको रातिदेखि टिचिङ अस्पतालमा पेटको उपचार हुँदै

राष्ट्रपतिको रातिदेखि टिचिङ अस्पतालमा पेटको उपचार हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । पेटमा समस्या देखिएपछि  हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको बताइएको छ ।

उहाँ चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’

टिप्पणीहरू