डिजेलको भाउ प्रतिलिटर ६ रुपैयाँ घटेर आयो, पेट्रोलको पनि सस्तो

डिजेलको भाउ प्रतिलिटर ६ रुपैयाँ घटेर आयो, पेट्रोलको पनि सस्तो

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पठाइएको इन्धनको मूल्य घटाएको छ । आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेल दुबैको मूल्य घटेको उल्लेख छ ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ७४ पैसा र डिजेलमा छ रुपैयाँ ८२ पैसा मूल्य घटाएर पठाइएको छ ।

हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ र डिजेलको एक ७५ रुपैयाँ छ । आईओसीले अंग्रेजी क्यालेण्डरअनुसार हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गर्छ ।

टिप्पणीहरू