बिहानको क्याबिनेट बैठकद्वारा शहीद घोषणा
आज बिहान सिंहदरबारमा बसेको क्याबिनेट बैठकले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरेको छ । सरकारले शहीद घोषणासँगै पीडित परिवारलाई नगद क्षतिपूर्ति दिने भएको छ ।
त्यस्तै कोशी प्रदेश नामकरणको विषयमा प्रदेश सरकारसँग वार्ता र छलफल गर्ने क्याबिनेट बैठकमा जानकारी गराइएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको हो ।
टिप्पणीहरू