धौलागिरी बेसक्याम्पमा एभेरेष्टको हेली दुर्घटना

धौलागिरी बेसक्याम्पमा एभेरेष्टको हेली दुर्घटना

म्याग्दीको ताकमबाट धौलागिरी बेसक्याम्पका लागि उडेको हेली दुर्घटनामा परेको छ । 

आज बिहान ६ बजे इटाली बेसक्याम्पबाट पर्वतारोहीहरुको लजिष्टिकका सामान लिएर ​​​​​​धौलागिरीतर्फ उडेको नोभेम्वर ब्राबो कलसाईनको एभरेष्ट हेली अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । उक्त हेली क्यापटेन श्रीया अधिकारीले उडाएकी थिइन् । 

एभरेष्ट हेलीका अनुसार हिमाल आरोहणका लागि आवश्यक सामान लिएर गएको हेली ल्याण्ड गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । अहिले क्याप्टेन अधिकारीलाई लिन डाइमेष्टिक एयरको अर्को हेलिकप्टर त्यसतर्फ पठाईएको र उनी फर्केपछि घटनाबारे बिस्तृत विवरण थाहा हुने एभरेष्ट हेलिका अध्यक्ष मिङ्ग्मार शेर्पाले जानकारी दिए । 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

उक्त हेली आज बिहानदेखि सम्पर्कविहीन थियो ।

टिप्पणीहरू