प्रधानमन्त्री होटल सोल्टी पुग्नुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै ताहाचलस्थित होटल सोल्टी पुग्नुभएको छ । उहाँ नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको उद्घाटन गर्न त्यहाँ जानुभएको बताइएको छ ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्य र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा भइरहेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, सरकारी तथा सुरक्षा निकायका अधिकारीहरुलगायत दुई सयभन्दा बढी व्यापारीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
टिप्पणीहरू