२ करोड लेनदेनको रवि लामिछानेले प्रष्ट पार्नुपर्छ : उपप्रधान तथा गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको २ करोड सम्बन्धी टेलिफोन वार्ताको अनुसन्धान हुने बताउनुभएको छ । पृथ्वी राजमार्गको भइरहेको स्तरोन्नतीको निरीक्षण गर्दै पोखराबाट चितवन पुग्नुभएका उपप्रधानमन्त्रीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘२ करोडको कुरा आएको छ, त्यसबारे अनुसन्धान हुन्छ ।’ लेनदेनसँग जोडिएको गम्भीर विषयमा सम्बन्धित पार्टी र नेतृत्वले आफूलाई पहिले प्रष्ट पार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
टिप्पणीहरू