गृह मन्त्रालयमा वार्ता, अर्थमा भेटवार्ता
गत सातादेखि आन्दोलनरत मीटर ब्याज पीडितहरुले आज पनि सरकारी पदाधिकारीहरुसँग वार्ता गरेका छन् । अस्तिदेखि भएको वार्ता निचोडमा नपुगे पनि जारी रहेको बताइएको छ ।
किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहको नेतृत्वमा रहेको २० सदस्यीय वार्ता टोली आज दिउँसो पौने १ बजेदेखि गृह मन्त्रालयमा वार्ताको निम्ति पुगेको हो । मन्त्रालयको तर्फबाट सहसचिव प्रदिप कोइरालाले नेतृत्व गरेको टोली सहभागी छ ।
उता अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरबीच भेटवार्ता भएको छ । उहाँहरुबीच दिउँसो सवा १ बजे कुराकानी भएको बताइएको छ ।
टिप्पणीहरू