घरेलु कार्यालयले दियो गाउँमै पुगेर
प्राकृतिक चिकित्सालयका रुपमा चिनिएको बेनी नगरपालिका–४ तातोपानी कुण्ड नजिकै रहेको सिंगा स्वास्थ्य चौकीमा सेवा लिन जाने जटिल अवस्थाका बिरामीहरु स्वास्थ्यचौकीको भवन हेरेरै फर्कने गर्दछन् । बेनी–दरवाङ सडक खण्ड अन्तरगत तातोपानीमा पर्ने उक्त स्वास्थ्य चौकीमा पुग्न अपाङ्गता भएका, ह्वीलचियरमा आउने बिरामी, बैशाखी टेकेर आउने बिरामी एवम् अप्रेसन गरेर सुत्केरी भएका महिलाहरुको ड्रेसिङ गराउन पनि निकै समस्या हुन्छ । यातायातको साधन स्वास्थ्य चौकी भवन सम्म पुग्ने सडक नहुँदा बिरामीले सास्ती व्यहोर्ने गरेका हुन् ।
सुत्केरी हुने ब्यथा लागेर कसैले फोन गरे भने स्वास्थ्य चौकीमा नल्याउन सुझाब दिन्छन् बेनी नगरपालिका–४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीकै कर्मचारीले । स्वास्थ्य चौकी सम्म पुग्न बिरामीलाइ निकै कठीन बाटो सिडि चडेर जानुपर्ने अवस्थाले गर्दा उनीहरुलाई उपचार भन्दा पनि सास्ती व्यहोर्नु पर्ने अवस्था आउने भएकाले त्यस्तो उत्तर कर्मचारीले दिने गरेका हुन् । सडक देखि सिधै ठाडो ५४ वटा सिडि चडेपछि मात्रै केही सम्म बाटो आउँछ अनि पुगिन्छ स्वास्थ्य चौकीमा । त्यही असहजता झेल्दै स्वास्थ्य चौकी सम्म बिरामीलाई पु¥याउनु भन्दा ९ किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम तर्फ जानै सहज मान्छन् बिरामीहरु पनि ।
नेपालको संविधानको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेबाबाट बञ्चित गरिने छैन भनिएको छ । त्यस्तै उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ । संविधानले समान हकको व्यवस्था गरेको भए पनि सिंगा स्वास्थ्य चौकीमा समान हक पाउने अवस्था नै रहदैन । आकस्मिक तथा अन्य कुनै पनि स्वास्थ्य सेबा लिनका लागि सिंगा स्वास्थ्य चौकीमा त्यस क्षेत्रका नागरिकले सहज पहुँच पुग्दैन ।
सडक भन्दा माथि ठाडो उकालोमा सिडी चडेर जान ठूलै युद्ध जिते जस्तो अवस्था हुने बेनी नगरपालिका–४ सिंगाका डण्डपाणी पौडेलको भनाई छ । हिमोफिलिया पिडीत उहाँले आफूलाई दुखाइ बढेको खण्डमा फ्याक्टर लगाउनका लागि स्वास्थ्य चौकी सम्म पुग्नै नसकीने बताउनुहुन्छ । हिड्न सक्दीन गाडी लिएर जाँदा पनि गाडीबाट झरेपछि स्टेचर सहित चार जना मान्छे भएन भने स्वास्थ्यचौकी सम्म पुग्नै सकिदैन ।
स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब हरिलाल अधिकारी भन्नुहुन्छ–‘बिरामी आउनुहुन्छ बाटो सम्म तर माथि लैजान कि स्टेचर सहित केही सहयोगी मानिस खोज्नु प¥यो नत्र भने अरु कुनै उपाय देखिदैन ।’ ७ वर्ष अगाडी एक करोड ३० लाखको लागतमा निर्माण भएको भवनबाट सेवा लिन सर्वसाधारणलाई केही कठीनाइ पक्कै भएको छ ।
बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का(भगवान)ले स्वास्थ्य चौकीमा जाने सडक निर्माण गर्नका लागि जग्गा किन्न खोज्दा पनि स्थानीयले नदिँदा समस्या भएको बताउनुभयो । पहिला स्वास्थ्यचौकी सम्म जाने सडक दिने सहमती भएपछि भवन निर्माण गरिएको भएपनि भवन निर्माण सम्पन्न भएपछि सडका लागि जग्गा नदिएकोले समस्या भएको उहाँको भनाई छ । अहिले १० लाख रुपियाँमा जग्गा किनेरै बाटो निर्माण गर्ने प्रस्ताब गरिएको भएपनि जग्गा नपाएकोले अब बिरामीहरुको सुबिधाका लागि अन्य बिकल्प खोज्नु पर्ने कि जस्तो भएको अध्यक्ष खड्काको भनाई छ ।
लिलाधर अधिकारी र टेकबहादुर फगामीले पहिला जग्गा दिन्छु भनेपनि पछि नदिँदा समस्या भएको स्थानीयको भनाई छ । पहिला भवनका लागि बजेट पर्दा सडक दिने भनेर सहमती जनाएपछि निर्माण गरिएको भए पनि निर्माण सम्पन्न भएपछि सडक नदिदा बिरामीहरु उपचारका लागि जानै नसक्ने अवस्था छ ।
सिंगा स्वास्थ्य चौकीमा अहिलेको असहज बाटो हुँदै पनि फागुन तथा चैत महिनामा तीन सय भन्दा बढी बिरामी मासिक आउने र अन्य महिनामा सरदर दुई सय हाराहारी आउने सिअहेब अधिकारीको भनाई छ । वार्षिक सरदर हेर्दा दैनिक १५ जनाको रेसियोमा बिरामीहरु उपचारका लागि आउने स्वास्थ्य चौकी सम्म जाने सडक नहुँदा बिरामीहरुले झन दुख व्यहोर्न बाध्य हुनेगरेका छन् ।
- अमृत बास्कुने
यो पनि... 1. हाम्रा कर्मचारीलाई पनि यसो गरे कसो होला ? 2. पशुपतिमा दर्शनार्थीले भेटी चढाएको घ्याम्पो गायब, प्रहरीसङ्ग हारगुहार |
टिप्पणीहरू