बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजनको घुईंचो

बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजनको घुईंचो

राजेशचन्द्र राजभण्डारी

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ्मा नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । रमणीय मनमोहक जंगलको बीचमा अवस्थित मन्दिरमा टाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेको छ ।

नेपाली हिन्दूधर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ वर्षको दिन बिहानैदेखि  श्रद्धालु भक्तजनहरूको बिहानदेखि नै मन्दिर पूजा अर्चना गर्नेहरूको भीड लागेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालिका मन्दिरमा नयाँ वर्ष प्रारम्भ भएको दिन बिहानदेखि नै भक्तजन पूजा अर्चनाको लागि आएको हजारौं भक्तजनलाई सहजरूपमा पूूजा गर्ने व्यवस्था मिलाएको कालिका गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

कालिका भगवती मन्दिरमा पूजाआजा गर्दा आफूले मनले चिताएको पूरा हुने जनविश्वास भएकाले पनि श्रद्वालु भक्तजनको भीड लागेको हो । मन्दिरमा भक्तजनले प्रसादको रूपमा चामलको पिठोलाई घिउमा पकाएको रोट चढाउने भएकाले यसको व्यापार राम्रो भएको व्यवसायी डम्बर मल्लले बताए । 

नयाँ वर्षसँगै कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन् । नयाँ वर्ष २०८० मा सबैको  कल्याण हुने र परिवारमा शान्ति छाओस भन्ने कामना गर्दै दर्शनको लागि दर्शनार्थीहरु मन्दिर आएको बताउँछन् ।

बागलुङ कालिकामा चैत्राष्टमी र बडा दशैमा विशेष पूजा अर्चना हुन्छ ।त् यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी नेपाल कै ठूलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छँदैछ, यसले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ । 

तत्कालीन पर्वतका राजना प्रतापी नारायण मल्लले वि.संं. १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजना मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो । 

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ ।

कालीका भगवतीसँग गरेको भाकल पूरा भएको भन्दै विशेषगरी, काठमाडौ, पोखरा, नारायणगढ, स्याङ्जा, गुल्मी, पर्वत, तनहुँ, गोर्खालगायत देशभरबाट दर्शनको निम्ति आउने गर्छन् । कालीका गुठी व्यवस्थापन समितिले हरेक वर्ष मन्दिर परिसरमा मेला आयोजना गर्ने गरेको छ । कालीका भगवती मन्दिरमा एक वर्षको अवधिमा करिब १५ लाख भक्तजन आउने गरेका छन् ।

टिप्पणीहरू