झापामा सिरुवा पर्वको रौनक, आज सार्वजनिक बिदा

झापामा सिरुवा पर्वको रौनक, आज सार्वजनिक बिदा

झापाका आठ वटा स्थानीय तहमा आज सिरुवा पर्वको सार्वजनिक बिदा दिइएको छ । राजवंशीलगायत जिल्लाका आदिवासी समुदायले यो पर्व अस्तिदेखि तीन दिन मनाएका छन् ।

आज भद्रपुर, बिर्तामोड, कन्काई र गौरादह नगरपालिका तथा हल्दिबारी, कचनकवल, बाह्रदशी र गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । यो पर्व हरेक वर्ष बैशाख १ गतेदेखि ३ गतेसम्म मनाइन्छ । आज पर्वको अन्तिम दिन हो ।

झापाका राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाईलगायत आदिवासी जातजातिले सिरुवा पर्व धुमधामसँग मनाउँछन् ।

टिप्पणीहरू