रवि लामिछानेबारे सोधपुछ गर्न बरालको टोली सिंहदरबारमा
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी तारा बराल र उनको समूहले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला गरिएको राष्ट्रिय परिचय पत्रसम्बन्धी विवादास्पद निर्णयबारे सोधखोज गर्न बरालको टोलीले गृहमन्त्री भेट्न लागेको हो । आज दिउँसो १ बजे गृहमन्त्री भेट्न जान लागेको भन्दै बरालले बिहानै फेसबुकमा लेखेकी थिइन् ।
लामिछाने गृहमन्त्री भएको बेलामा राष्ट्रिय परिचय पत्रजस्तो संवेदनशील विषयमा कार्यविधि स्वीकृत गरि खरिद ऐन तथा नियमावली मिचेर फ्रान्सेली कम्पनीको नेपाली एजेन्टलाई ठेक्का दिएको दुःखद समाचार सुनिएकाले त्यसबारे गृहमन्त्री श्रेष्ठलाई भेटेर जानकारी लिन लागेको उनले लेखेकी छन् ।
सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया जनाउँदै आएकी बराल आफूलाई चित्त नबुझेको विषयमा विरोधपत्र बोकेर जहाँ पनि पुग्ने गरेकै कारण विवादसँगै चर्चामा आउने गरेकी छन् । जबकी केही समय अघिसम्म उनी रास्वपा सभापति लामिछानेको उग्र समर्थक थिइन् ।
टिप्पणीहरू