एभरेष्ट बैंकको क्युआर भुक्तानी सेवामा सुविधै सुविधा
एभरेष्ट बैंकको मोबाइल बैकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी लिने मर्चेन्टलाई सजिलै भुक्तानी गर्न मिल्ने ।
एभरेष्ट बैंकले मोबाइल बैकिङ एप (ईभीएल टच २४) मार्फत क्युआर भुक्तानी सेवा शुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको थलानी गरेका हुन् । एप प्रयोगकर्ताले भाटभटेनी, सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआरमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, ग्राहकले भुक्तानी गरेपश्चात् रकम सिधै बैंकको खातामा जम्मा हुने सुविधा भएको यस सेवाले बैंकमा खाता रहेका मर्चेन्टलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
टिप्पणीहरू