देवकोटा पुरानै घर फर्केपछि समाजवादी सम्हाल्ने जिम्मा लामिछानेलाई
नेकपा एकीकृत समाजवादी रसुवाले जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
अध्यक्ष विष्णुप्रसाद देवकोटासहितका नेता-कार्यकर्ता एमालेमा फर्किएपछि बसेको बैठकले कमिटी पुनर्गठन गरेको हो । यसअघि सचिवको जिम्मेवारीमा रहेका शिव लामिछानेलाई अध्यक्ष चयन गर्दै जिल्ला कमिटी पुनर्गठन गरेको सो पार्टीले जनाएको छ ।
पुनर्गठित कमिटीको उपध्यक्षमा दावा तमाङ र राम प्रसाद न्याैपाने रहेका छन् । त्यस्तै, सचिवमा सुजय लामा र उप-सचिवमा नमिनाथ देवकोटा चयन भएको जिल्ला सचिवालय सदस्य रामशरण न्यौपानेले जानकारी दिए ।
गत चैत २८ गते देवकोटासहित समाजवादीको बागमती प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला समन्वय समित सदस्य ठाकुर पौडेल संयुक्त रुपमा पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।
टिप्पणीहरू