विनोद चौधरी भैरहवा हुँदै परासीतर्फ

विनोद चौधरी भैरहवा हुँदै परासीतर्फ

डलर अर्बपति तथा नेपाली काँग्रेस सभापति विनोद चौधरी आफ्नो निर्वाचन क्षेत्र र चौधरीग्राम रहेको पूर्वी नवलपरासी गएका छन् । उनी बिहान काठमाडौंबाट भैरहवा हुँदै परासी गएको बताइएको छ ।

चौधरी बुद्ध एअरको उडानमा बिहान ११ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । त्यसपछि उनी सडकमार्ग हुँदै परासी गएका थिए । 

चौधरी भैरहवा विमानस्थलबाट बा.५ च ३२६९ नम्बरको गाडिमा पौने १२ बजे त्यसतर्फ गएका हुन् । उनी अघिल्लो साता दुबई गएर गत साता नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए ।

टिप्पणीहरू