जहाज किनेको ऋणको दायित्व भुक्तानी सहजीकरण गरिदिन वायुसेवा निगमको आग्रह

जहाज किनेको ऋणको दायित्व भुक्तानी सहजीकरण गरिदिन वायुसेवा निगमको आग्रह

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋणको ब्याज, हर्जाना र पेनाल्टी छुट गरिदिन आग्रह गरेको छ । 

विश्वव्यापी कोरोना भाइरसका कारण व्यापारमा प्रतिकूल असर परेको उल्लेख गर्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनाल्टी छुट गरेर सहयोग गरिदिन आग्रह गरेको हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पत्र पठाउँदै ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन अनुरोध गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

त्यस्तै, निगमले एक वर्षमा झण्डै तीन अर्ब रुपैयाँ ऋण दायित्व भुक्तानी गरेको छ । ऋणको किस्ताबापत एक वर्षमा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जनाएको छ । 

निगमले गत असारमा एक अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

 

टिप्पणीहरू