एउटा गोडामा साइकलयात्रा गरेर विश्व घुम्ने सुनको रहर

भिडियाे : सिन्ह्वा

एउटा मात्र गोडा भएका साइकलयात्रीले चीनको सबैभन्दा लामो राष्ट्रिय राजमार्गमा साइकल यात्रा शुरु गरेका छन् । चीनको हेनान प्रान्तमा बस्दै आएका एक साइकलयात्रीले मुलुकको सबैभन्दा लामो राष्ट्रिय राजमार्गमा एउटा गोडाले साइकल यात्रा गरेर चुनौती दिएका हुन् ।

सुन युचीले फेब्रुअरी २० मा ‘जी २१९’ राजमार्गबाट यात्रा शुरु गरेका थिए । आगामी जुन महिनाको मध्यताका उनले १० हजार किलोमिटरभन्दा बढी यात्रा पूरा गर्ने लक्ष्य राखिएको छ । यो यात्रा दक्षिण चीनको क्वाङ्सी चुआङ प्रान्तको फाङ्चेनगङ्गबाट शुरु भएको हो । अब उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर प्रान्तमा पुगेर समापन हुने बताइएको छ । 

अहिले सुन र उनका सहयात्रीहरु दक्षिणपश्चिम चीनको तिब्बत पुगेका छन् । पछिल्लो एक दशकमा उनले धेरै सफलता हात पारिसकेको बताइन्छ ।सुनले विश्वका जटिल र खतरनाक भनेर चिनिएका सडकमा समेत यात्रा गरेका छन् । समुद्री सतहबाट ५ हजार २ सय मीटरको उचाइमा रहेको सगरमाथाको उत्तरतर्फको आधार शिविरसम्म पुगेका उनी दुई छोरीका पिता हुन् ।

टिप्पणीहरू