ट्याक्सीमा सवार विप्लव कार्यकर्ता प्रहरी नियन्त्रणमा

ट्याक्सीमा सवार विप्लव कार्यकर्ता प्रहरी नियन्त्रणमा

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौँको खुलामञ्चमा भोलि हुने बृहत सभाको प्रचारमा हिँडेका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । 

बा. १ ज ७८७९ नम्बरको ट्याक्सीमा प्रचार गर्दै हिँडेका उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले समातेको हो । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको निषेधित क्षेत्रतर्फ जान खोज्दा चालकसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।   

पक्राउ परेका विप्लवका कार्यकर्तालाई ट्याक्सीसहित तिनकुनेस्थित प्रहरी वृत्तमा लगिएको बताइएको छ ।

टिप्पणीहरू