किशोरी करणीको आरोपमा टोपबहादुर रायमाझी पक्राउ

किशोरी करणीको आरोपमा टोपबहादुर रायमाझी पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

कपिलवस्तुको बुद्धभूमि  नगरपालिका वडा नं. १ चङ्घाटका ३४ वर्षीय टोपबहादुर रायमाझी (एमाले नेता होइन) लाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो । 

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले उनलाई हिजो बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ । 

रायमाझीमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू