बारामा आधा पनि खसेन भोट

बारामा आधा पनि खसेन भोट

बारा क्षेत्र नम्बर २ मा कूल मतदाताको आधाले पनि भोट नहालेको प्रारम्भिक आँकडा आएको छ ।

मतदानका लागि निर्धारित समय साँझ ५ बजेसम्म ५० प्रतिशतभन्दा कम भोट खसेको अनुमान गरिएको छ ।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार अपरान्ह साढे ४ बजेसम्ममा ४५ प्रतिशत मत खसेको छ ।

५ बजेसम्म लाइनमा लागेकाले मतदान गर्न पाउने भएकाले अहिले पनि केही मतदान केन्द्र सुचारु छन् । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म तोकिएको हो ।
 

टिप्पणीहरू