सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन सकिने धारणा दोहोर्याएका छन् । 

लामिछानेले सांसद पदको शपथग्रहणपछि उक्त धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘भ्रष्टाचार अन्त्यका लागि आफूलाई मत दिएका हुन् । भ्रष्टाचार अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले हाम्रो आपत्ति छ ।’

सरकारलाई दिएको समर्थनबारे गम्भीर समीक्षा गरिने लामिछानेको भनाइ छ । आफूहरुले मुलुकमा अस्थिरता नचाहेकाले सरकारलाई दिएको समर्थनबारे समीक्षा गरेर अघि बढ्ने पनि उनले बताए ।

टिप्पणीहरू