तेह्रथुममा ‘केपी ओली मुर्दावाद’ को नारा लगाइयो

कोशी प्रदेश नामांकनको विरोध गर्दै आएका पहिचानवादीहरुले चर्को नारा लगाएका छन् । उनीहरुले आज तेह्रथुमको आठराईमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको विरोध गरेका हुन् । 

पहिचानवादी विरोधीहरुलाई चेतावनी दिँदै उनीहरुले पहिचानवादी एक हुन आह्वान गरेका छन् । एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत  कार्कीविरुद्ध मुर्दावादको नारा लगाएका हुन् । 

कोशी नाम खारेज गर्न माग गर्दै पहिचानवादीहरुले पहिचान मेट्न नपाइने बताएका छन् । प्रदर्शनकारीलाई ठूलो संख्यामा प्रहरीले घेरेर राखेको छ । उनीहरुले एक घण्टादेखि नारा लगाइरहेका छन् ।

टिप्पणीहरू