क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा, अवस्था गम्भीर

क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा, अवस्था गम्भीर

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेकी छन् । आज बिहान साढे १० बजे काठमाडौँको कोटेश्वरमा भएको दुर्घटनामा उनी घाइते भएकी हुन् । हाल उनको नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको बताइएको छ । 

उनका पति केशव शाहीले फेसबुकमा लेखेका छन्, ‘ठूलो क्षति हुनबाट धन्य बचियो । आज बिहान ठीक १०ः३० बजेको समयमा काठमाडौँको कोटेश्वरमा सवारी दुर्घटनाबाट घाइते प्रिय जीवनसाथी पञ्चा सिंहको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ ।’

टिप्पणीहरू