‘डिजिटल भुक्तानी’ भन्दै राष्ट्र बैंकका कर्मचारी सडकमा

‘डिजिटल भुक्तानी’ भन्दै राष्ट्र बैंकका कर्मचारी सडकमा

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रवर्दनमा जनचेतना अभिवृद्धिको निम्ति प्रभातफेरी निकालेको छ । बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आज राजधानीका सडकमा प्रभातफेरीको आयोजना गरिएको बताइएको छ ।

विद्युतीय भुक्तानी प्रवर्दन वर्ष २०८० को अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बैकका गभर्नर महाप्रसाद अधिकारीको सहभागितामा शुरु प्रभातफेरीमा अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि सहभागी छन् ।

दरबारमार्गबाट निकालिएको जुलुस महेन्द्र शालिक, त्रिचन्द्र क्याम्पस, भद्रकाली, शहीदगेट, नेपाल वायुसेवा निगम, भोटाहिटी, जमल, नारायणहिटी, जयनेपाल, नागपोखरी, नारायणचौर, प्रहरी हेड्क्वार्टर, भाटभटेनी हुँदै बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू