सरकारसँग वार्ता गर्न महावीर पुन रक्षा मन्त्रालयमा

सरकारसँग वार्ता गर्न महावीर पुन रक्षा मन्त्रालयमा

माइतीघरमा आन्दोलनरत महावीर पुनसँग सरकारले वार्ता थालेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा सरकारको गौण भूमिकालाई लिएर पुनको नेतृत्वमा अस्तिदेखि आन्दोलन थालिएको हो । 

अस्तिदेखि दिउँसो र राति पनि पुनको समूह माइतीघरमा अनिश्चितकालीन धर्ना बसेपछि आज सरकारले वार्ताको निम्ति बोलाएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा वार्ता भइरहेको छ । 

वार्तामा सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको टोलीले पुनसँग वार्ता थालेको छ । मुख्य सचिव शंकरदास वैरागीलगायत अन्य सरकारी अधिकारीहरु पनि वार्तामा सहभागी भएको बताइन्छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई राज्यले  प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । कानुन निर्माणमा सांसदहरुले काम नगरे लखेट्ने चेतावनी दिएका थिए ।
 

टिप्पणीहरू