लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, राप्रपा तटस्थ बस्दा एमाले विपक्षमा

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, राप्रपा तटस्थ बस्दा एमाले विपक्षमा

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

 वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज आफूलाई प्रदेशसभाको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । 

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई सत्ता साझेदार माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिए । 

एमालेका २९ सांसदले विपक्षमा मतदान गर्दा चार सिट रहेको राप्रपा भने तटस्थ बसेको छ । 

गत वैशाख ११ गते विश्वासको मत नपाएपछि एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन् । शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गरेका थिए । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

टिप्पणीहरू