राष्ट्रियसभा अध्यक्ष कम्बोडिया भ्रमणमा व्यस्त
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष कम्बोडियाको औपचारिक भ्रमणमा हुुनुहुन्छ ।
भेटमा दुई मुलुकबीच सिधा हवाईसेवा सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाले बौद्धमार्गी बाहुल्य कम्बोडियासँग सिधा हवाई सम्पर्कको निम्ति आग्रह गर्नुभएको हो ।
प्रत्युत्तरमा कम्बोडियाली प्रधानमन्त्री सम्देक टेको हुनसेनले दुई देशबीच सोझो हवाई सेवा सञ्चालनमा आफू सकारात्मक रहेको उल्लेख गर्नुभएको थियो ।
सो अवसरमा दुबै मुलुकले भोगेको आन्तरिक राजनीति द्वन्द्वपछिको अनुभव साटासाट गर्दै दुईपक्षीय सम्बन्ध विस्तारबारे पनि चर्चा भएको बताइन्छ ।
टिप्पणीहरू