हिजो बितेका रविका चालकको पशुपतिमा अन्त्येष्टि गरिँदै

हिजो बितेका रविका चालकको पशुपतिमा अन्त्येष्टि गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर बितेका चालकको अन्त्येष्टि गर्न लागिएको छ । शम्भु भनिने ४० वर्षीय चालक दिलबहादुर थापाको हिजो दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । 

उनी बैशाख ४ गते राति चितवनस्थित लामिछानेको घरको तीन तला माथिबाट खसेपछि गम्भीर बिरामी भएका थिए । उपचुनावको प्रचारप्रसारमा लामिछानेसँगै थापा चैतदेखि उतै व्यस्त थिए । टाउकोमा चोट लागेका उनलाई भरतपुरपछि भोलिपल्टै मेडिसिटी ल्याइएको थियो ।

 उपचारको क्रममा हिजो दिउँसो उनको निधन भएको हो । हिजो साँझदेखि थापाको शव पोष्टमार्टमको निम्ति पाटन अस्पतालमा राखिएको थियो । आज बिहान पोष्टमार्टमपछि अन्त्येष्टिको निम्ति शव पशुपति आर्यघाट लगिएको बताइन्छ । उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ का हुन् ।

टिप्पणीहरू