हुतराज सर, यो कति सत्य हो ?

हुतराज सर, यो कति सत्य हो ?

अमेरिकामा मान्छे बेच्ने दलालहरूको नाइके रुकुमका सांसद धनबहादुर केसी हुन् । उनको मातहतमा बसेर अनुसन्धान विभागको कर्मचारी बताउने राजु केसी नेपाल भित्र र बाहिर समन्वय गर्ने र पैसा जम्मा गर्ने नेटवर्कको डाइरेक्टर हुन् । केटाहरूबाट ४५ –६० लाखसम्म रकम जम्मा गरी राजुलाई बुझाउने काममा रुकुमकै खुराफाती टीकाराम खनाल, मुक्ति केसी, मानव थापा, कलबहादुर बस्नेत, लालवीर बोहरा, मुकन्द जिसी, रुपक गौतमहरूले सहयोग गरेका छन् । 

राजुले नेपालभित्र र विदेशमा भाइबर, मेसेन्जर र ह्वाट्स एपबाट सम्पर्क गर्दछन् । बैंकमा आफ्नो खातामा पैसा जम्मा नगरीकन अरुको खातामा जम्मा गर्न लगाउँछन् । केटाहरूलाई पास गराउन दिल्ली र मुम्बईमा इन्डियाको पूर्वक्याप्टेन पप्पुसिंह र चन्द्रबहादुर गुरुङ (सिबी गुरुङ) हरू, दुबईमा अनन्त गौतम (आर्यन गौतम) र ब्राजिलदेखि मेक्सिकोसम्म कार्लोस, बाबु र चुरियाहरूले सहयोग गर्ने गरेका छन् । तर, राजुले त्यत्रो रकम कुम्ल्याएर पनि काठमाडौँदेखि दिल्ली, मुम्बई, दुबई, थाईल्यान्ड, सिंगापुर, अफ्रिका, ब्राजिल, बोलिभिया, इक्वेडर, पानामासम्म ऐले ४०० – ५०० जना केटालाई १–२ वर्षसम्म अलपत्र बनाइरहेका छन् । उनले मान्छे दलाली गर्ने मात्रै नभएर नेपालबाट कतार दुबईमा डलर पठाई भन्सारमा सेटिङमा सुन तस्करी पनि गरिरहेका छन् ।

प्रधानमन्त्री र अधिकांश मन्त्री तथा पुलिस प्रशासन मेरै हुन्, मैले जे गरे पनि मलाई छुट छ, मलाई काठमाडौँ भ्यालीबाहिर प्रधानमन्त्रीले पनि सरुवा गर्न सक्दैनन् भनी गर्जंदै हिँड्छन् । अमेरिका मान्छे पठाउने सञ्जालको डन आफैं हुँ भन्छन् । उनको कर्तुतबारे अनुसन्धानका हाकिम हुतराज थापालाई जानकारी गराउँदा पनि राजुले हुतराजलाई मोटो रकम बुझाएको हुँदा संगठनको बद्नाम हुँदासमेत दलालहरूलाई पत्ता लगाई कारबाही गर्नुपर्नेमा अनुसन्धानको नेतृत्व नै राजुजस्ता दलालहरूको संरक्षणमा जुटेको छ । सरकारले राजुलाई होइन, राजुजस्ता बदमास कर्मचारीलाई संरक्षण गर्ने हुतराजहरू, अध्यागमनमा सेटिङ मिलाइदिने तलदेखि माथिल्ला कर्मचारी रामबन्धु सुवेदी (डाइरेक्टर) र सुनको भन्सार मिनाहा गर्ने एयरपोर्ट भन्सार डाइरेक्टरहरूलाई कारबाही गरोस् । विमानस्थल गेटमा ड्युटी गर्ने प्रहरीहरूले राम्रो काम गरेको हाम्रो आँखा देखेको छ, उनीहरूलाई पुरस्कृत गरियोस् ।

राजुले आफ्नो दलाली सञ्जालमा रुकुम, सल्यान, दाङ, प्युठान, बाग्लुङ, कास्कीका राजेन्द्र अधिकारी, रुपक गौतम, प्रवीन गिरी, भरत काफ्ले, आशिष देवकोटा, डेमलाल भण्डारी, तीर्थ गुरुङ, टिआर गुरुङ, गणेश राउत, भरत खड्का, छिरिङ लामा, पवन खड्का, निरन बस्नेत, घनश्याम रावल, हिमाल कडरिया, येमन बांठा, राजन पुन (अलेक्स मगर), गोविन्द बाँठा, निमबहादुर डाँगी, धनराज ओली, किशोर नेपाली, राम केसी, विक्रम केसी, अर्जुन खत्री, थल वीर, दीपक, रमेश, आले, विशाल, सम्राट्लगायत युवालाई समेत देशव्यापी रूपमा परिचालन गरेका छन् । 
 

टिप्पणीहरू