मेरो चरित्रहत्या गरियो : पूर्वगृहमन्त्री बालकृष्ण खाँण

मेरो चरित्रहत्या गरियो : पूर्वगृहमन्त्री बालकृष्ण खाँण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विषय र सन्दर्भ उल्लेख नगरी आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गर्नुभएको छ । उहाँले प्रकाशित सञ्चारमाध्यम, विषय र सन्दर्भ उल्लेख नगरी ‘आफ्नो बारेमा’ प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज जारी गर्नुभएको वक्तव्यमा उहाँले आधारहीन, तथ्यहीन र असंलग्न घटनामा संलग्न भएको समाचार सम्प्रेषण गरिएको दाबी गर्नुभएको छ । त्यस्तो समाचार प्रकाशित नगरीदिन उहाँको आग्रह छ । 

पूर्वगृहमन्त्री खाँणल त्यस्तो समाचारले व्यक्तिगत चरित्रहत्या भएको उल्लेख गरेका हुन् । यता, नक्कली शरणार्थी काण्डमा पक्राउ परेका आठ जनाले दिएको प्रारम्भिक बयानमा पूर्वगृहमन्त्रीहरु खाँण र रामबहादुर थापा बादल, पूर्व जलस्रोतमन्त्री टोपबहादुर रायमाझी, उनीहरुका छोरा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डेको नाम लिएको बताइन्छ । 

टोपबहादुरका छोरा सन्दीप, राई र पाण्डे प्रक्राउ परिसकेका छन् । बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

टिप्पणीहरू