प्रतिनिधिसभा बैठकमा होहल्ला, अमरेशले खोले कपडा

प्रतिनिधिसभा बैठकमा होहल्ला, अमरेशले खोले कपडा

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुने बितिक्कै होहल्लामा परिणत भएको छ । बजेट अघिको छलफल बोलाइएको बैठकमा सांसदहरुले होहल्ला गरेका हुन् ।

तोकिएको समयभन्दा आधा घण्टा ढिलो शुरु भएको बैठकमा विशेष समयको प्रबन्ध नगरिएको जनाइएपछि सांसदहरुले उठेर आपत्ति जनाएको बताइएको छ ।सभामुखले विशेष समय नछुट्याएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैठककक्षमा लगाएको शर्ट खोलेका छन् । 

सिंहलाई सभामुखले सदनभित्र सभ्य व्यवहार देखाउन आग्रह गर्नुभएको छ । उनलाई असभ्य व्यवहार नगर्न चेतावनी पनि दिइएको छ । सभामुखको चेतावनीपछि उनले शर्ट लगाएका हुन् ।

टिप्पणीहरू