बालकृष्ण खाँणले दुई जना नक्कली भुटानी शरणार्थी छुटाए : पूर्वएआईजी शर्मा

बालकृष्ण खाँणले दुई जना नक्कली भुटानी शरणार्थी छुटाए : पूर्वएआईजी शर्मा

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनालाई छुटाएको बताएका छन् । 

पूर्वगृहमन्त्री खाँणले राजनीतिक दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनालाई छुटाएको उनको दाबी छ । 

आज ट्वीटरमार्फत् एउटा भिडियो सार्वजनिक गर्दै उनले खाँण गृहमन्त्री हुँदाको बखतदेखि नक्कली भुटानी शरणार्थीको उजुरी पर्न थालेको जानकारी दिएका छन् । 

‘खाँण गृहमन्त्री हुँदा नै उजुरी परेको र दुई जना मान्छेलाई पक्राउ गरिएको थियो,’ उनले भनेका छन्, ‘तर उनले दबाबमा छुटाए ।’

त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक थापा र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको संलग्नतामा झापा, मोरङ, प्युठान, दाङ, गोरखालगायत क्षेत्रबाट आर्थिक हैसियत भएका नक्कली भुटानी शरणार्थी खोजिएको पनि उनको भनाई छ ।

 

टिप्पणीहरू