उपमेयर सुनिताको पहिलो विदेश भ्रमण, चार जनासँगै चीन प्रस्थान
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल आज चीन भ्रमणमा जानुभएको छ । उहाँ चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौंबाट सिचुआन प्रान्तको छन्तु प्रस्थान गर्नुभएको बताइएको छ ।
सिचुवान एअरको उडानमा मध्यान्ह साढे १२ बजे त्यसतर्फ जानुभएको हो । उहाँ भोलिदेखि छाङ्सा शहरमा आयोजना हुन लागेको पर्यटन सम्मेलनमा भाग लिन जानुभएको हो । सम्मेलन शुक्रबारसम्म हुँदैछ ।
गत वर्ष उपमेयरमा निर्वाचित भएपछि डंगोलको यो पहिलो विदेश भ्रमण हो । टोलीमा कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, मेयरको सचिवालय प्रमुख नूरनिधि न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराई छन् ।
चीनका सात वटा शहरसँग काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको छ । कार्यक्रम आयोजना गरेको वल्र्ड टुरिज्म सिटिज फेडरेसनको महानगर सदस्य रहेको बताइएको छ ।
टिप्पणीहरू