चीनसँगको सीमानामा सरकारी सम्पर्क बढाउन सिंहदरबारमा सहमति
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हिजो दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको हो ।
भेटमा दुई मुलुकबीच सीमा जोडिएका जिल्लाहरुमा सरकारी सम्पर्क र समन्वय बढाउन सहमति भएको बताइएको छ । स्रोतका अनुसार उपप्रधानमन्त्री र राजदूतबीच सीमाना जोडिएका जिल्लामा समकक्षी बैठक निरन्तर गर्ने, सीमानामा कार्यरत दुबै देशका सरकारी अधिकारीहरुबीच थप सम्पर्क र समन्वय गर्ने विषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू