कुहिएकै हुन् त केही कम्युनिष्ट ?

कुहिएकै हुन् त केही कम्युनिष्ट ?

कम्युनिष्टहरू किन कलंकित हुँदै छन् ? तिनका ठाउँ किन नयाँ शक्तिले लिँदै छन् ? अहिले बहस छ,  सक्किने कि सच्चिने तर कमरेडहरू बरु सक्किन तयार होलान्, राजी छैनन् सच्चिन  ।

सुरा–सुन्दरीका कारण बदनाम छन् सिन्धुलीतिर कमरेडहरु जो जाँड पिएर साँड पल्टनेमा अग्रपंक्तिमा पर्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको शुरुको नामसँगै मिल्ने खड्गबहादुर खत्री,  सिन्धुली कमलामाई नगरपालिकाका पूर्वमेयर । ०७४ मा नेकपा एमालेबाट निर्वाचित अहिले बाग्मती प्रदेश कमिटी सदस्य । ०७४ को स्थानीय निर्वाचनपछि  खुशीयाली मनाउन सौरहातिर जाने क्रममा पथलैया नजिकै दुर्घटनामा परे ।

उक्त दुर्घटनामा कमलामाई नगरपालिका माझीटारकी श्रेष्ठ थरकी महिला आजीवन अपांग भएकी छन् ।  मेयर खत्री आफैं तीन महिनासम्म हेटौंडा अस्पतालमा उपचारपछि तंग्रिएका हुन् । तर, नानीदेखि लागेको बानी उस्तै छ । मेयर हुनुपूर्व तीन पाटन बस्ने मगर थरकी एक अविवाहित युवतीसँग यस्तै सम्बन्ध राखे । उनको प्रताडना र गाउँलेको अपमान सहन नसकी बिदेसिन बाध्य भएको ती महिलाले आफ्ना सहकर्मीसँग दुखेसो पोख्ने गरेकी छन् । 

भूपूमेयर खत्रीको कार्यकालमा नगरपालिका कार्यालयमा बिहान ६ देखि बेलुका ६ बजेसम्म दलाल र बिचौलियाको उठबस हुने गथ्र्याे । उनको कार्यकालमा ऐतिहासिक सिन्धुलीगढी निर्माण गर्दा झण्डै ३ करोड हिनामिना भएको स्थानीयको आरोप छ । 

त्यस्तै, नगरपालिकादेखि सिन्धुली अस्पताल, कर्मचारी मिलन केन्द्रको भवन निर्माण गर्दा आफैँ उपभोक्ता समितिको अध्यक्ष भएको बेला ३० लाख अनियमितता गरेको समेत बताइन्छ ।  मेयर निर्वाचित हुनुअघि २० वर्षसम्म गठौली खानेपानी संस्थाको अध्यक्ष  चलाएर लाखौं अनियमितता गरेको खानेपानी समितिका पदाधिकारीले आरोप लगाउँदै आएका छन् । स्यानिटरी प्याड खरिदमा समेत अनियमितता गरेको त्यतिबेलाका जनप्रतिनिधिको आरोप छ । भ्रष्टाचारबाट आर्जित रकमले काठमाडौंमा बंगला खरिद गरेका छन् । 

उता, सिन्धुलीकै एक जना कांग्रेसी महिलाले बाग्मती प्रदेश कांग्रेस सभापति इन्द्र बानियाँलाई हनी ट्रयापमा पारेर एक करोड असुली गरेको चर्चा कांग्रेसी वृत्तमा आगोझैं फैलिएको छ । इन्द्र बानियाँलाई हनी ट्रयापमा पार्ने ती महिलासँग अर्थका सहसचिवको समेत घनिष्ठ सम्बन्ध रहेको देखिन्छ । बानियाँलाई हनी ट्रयापमा पार्ने ती महिला नेत्री सहसचिवको कार्यकक्षमा छिरेपछि चुक्कुल लगाएर बस्ने गरेको घटनालाई अर्थका कर्मचारीले अचम्म मान्ने गरेका छन् । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू