जन्मथलो पुग्नुभएका राष्ट्रियसभा अध्यक्षले भन्नुभयो- पक्षपात गरिए विद्रोह हुन्छ

जन्मथलो पुग्नुभएका राष्ट्रियसभा अध्यक्षले भन्नुभयो- पक्षपात गरिए विद्रोह हुन्छ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने भन्दै चिन्ता गर्नुभएको छ । 

 आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ को कार्यालय भवनको उद्घाटन गर्दै उहाँले आवश्यकताका आधारमा योजनावद्ध योजना छनौट नभए विद्रोह हुने बताउनुभएको हो । ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ । विना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा  विद्रोह हुन्छ', अध्यक्ष तिमिल्सिना भन्नुहुन्छ, 'पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ ।’

 विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिँदै उहाँले सबै भूगोल र क्षेत्रका बासिन्दाले आफ्ना योजना छनौटमा पर्नन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  विनापक्षपात काम गरे राम्रो प्रतिफल प्राप्त हुने उल्लेख गर्नुभयो । 

 तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न अध्यक्ष तिमिल्सिनाले सल्लाह पनि दिनुभयो ।

टिप्पणीहरू