कोशी प्रदेश खारेज अभियानको छलफल दुर्गा प्रसाईंको अस्पतालमा

कोशी प्रदेश खारेज अभियानको छलफल दुर्गा प्रसाईंको अस्पतालमा

प्रदेशको नाम कोशी राखिएकोमा खारेजीको माग गर्दै पूर्वका अधिकांश जिल्लामा पहिचानवादीहरुले आन्दोलन गरेका छन् । यही मेसोमा विप्लव नेतृत्वको नेकपाले पनि उक्त नाम खारेजीको अभियान चलाउने बताएको छ ।

सोही क्रममा हिजो झापामा छलफल गरिएको छ । बिर्तामोडस्थित दुर्गा प्रसाईंको बीएनसी अस्पतालमा त्यसबारे छलफल गरिएको स्रोतको दाबी छ । 

हिजोको छलफलमा उक्त पार्टीको मेची ब्युरो इञ्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला इञ्चार्ज प्रशान्त थापा, जिल्ला सचिव सञ्जय राई सहभागी भएका हुन् । 

बिर्तामोडको बीएनसी अस्पताल मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईं मार्सीको हो ।

टिप्पणीहरू