यार्सा टिप्न जाँदा चट्याङ लागेर झन्डै ठहरै
दार्चुलामा यार्सागुम्बा खोज्न गएका तीनजना चट्याङमा परेर घाइते भएका छन् ।
यार्सगुम्बा संकलन गरिरहेका बेला परेको चटयाङले घाइते भएका उनीहरुको अहिले उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा अनि सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते भएका हुन् ।
यसअघि पनि यार्सा टिप्न गएकाहरु हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।
टिप्पणीहरू