खाने मुखलाई जुँगाले छेक्दैन

खाने मुखलाई जुँगाले छेक्दैन फाेटाे : सिन्ह्वा

आर्थिक अभाव र राजनीतिक अस्थिरताले जर्जर अफगानिस्तानमा स्थानीय आफ्ना परम्परागत चाडपर्व, रितिरिवाज र खेलमा संलग्न भएको पाइन्छ । उनीहरु मुलुकको अवस्था दयनीय हुँदा पनि आफ्ना दैनिकीमा रमाइरहेका छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अफगानिस्तानमा हालै कुस्ती प्रतियोगिता भएको छ । उत्तर पश्चिम प्रान्तको हेरातमा भएको प्रतियोगितामा स्थानीयको भीड लागेको बताइन्छ ।

नाङ्गो गोडामा उत्रिएका कुस्तीबाजहरु धुलाम्मे भुईंमा पछारिएका थिए । अफगान नागरिक परम्परागत कुस्तीमा निकै रमाउँछन् । 

पछिल्ला दिनमा क्रिकेट खेल लोकप्रिय भए पनि मुलुकका अधिकांश भूभागमा कुस्ती अझै पनि प्रख्या छ ।

टिप्पणीहरू