जेलबाटै रेशमको प्रतिक्रिया - सर्वोच्चको फैसला मञ्जुर छ, पुनरावलोकनमा जान्छु

जेलबाटै रेशमको प्रतिक्रिया - सर्वोच्चको फैसला मञ्जुर छ, पुनरावलोकनमा जान्छु

नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनमा जाने बताएका छन् । 

जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजायलाई सदर गर्ने सर्वाेच्चको फैसला मञ्जुर गर्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् । 

डिल्ली बजार कारागारमा रहेका चौधरीले आज विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् । उनले आफू डिल्ली बजार जेलमा धैर्यसहित बसिरहेको पनि बताएका छन् । 

‘म डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताकासाथ कैद भुक्तान गरिरहेको छु । अहिले स्वस्थ छु’, चौधरीले भनेका छन्, ‘रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु ।’

आजै उनले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीसहितका नेताहरुसँग सर्वोच्चको फैसलाका सम्बन्धमा कारागारमै छलफल गरेका थिए । पति भेट्न भूमि व्यवस्था मन्त्रीसमेत रहेकी श्रेष्ठ झण्डा हल्लाउँदै मन्त्रालयको गाडीमा डिल्लीबजार कारागार पुगेकी थिइन् ।

टिप्पणीहरू