अरुले उडाए पनि बुद्ध एअरले थन्कायो

अरुले उडाए पनि बुद्ध एअरले थन्कायो

राजधानीको मौसममा अचानक खराबी आएको जनाउँदै बुद्ध एअरले आजका केही उडान रोकेको छ । तर, अन्य हवाई कम्पनीका उडान तालिका यथावत भएको जनाइएको छ । 

अपरान्ह ४ बजेपछि काठमाडौं वरपरको आकाश धुम्मिएर पानी परेपछि बुद्धले उडान केहीबरे रोकेको बताइएको छ । आज अपरान्ह बुद्धका काठमाडौंबाट भरतपुर जानुपर्ने दुई वटा र सुर्खेत जान ठिक्क परेको एउटा उडान रोकिएको छ । त्यसैगरी सिमरा, जनकपुर, विराटनगर र भैरहवाको उडान पनि रोकिएको जनाइएको छ ।

तर, पोखराबाट न्युजिल्याण्डकी भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्क दिउँसो काठमाडौं फर्कनुभएको छ । उहाँ बुद्ध एअरको उडानमा सवा २ बजे राजधानी आइपुग्नुभएको बताइएको छ । क्लार्क सगरमाथा दिवसमा सहभागी हुन नेपाल आउनुभएको हो ।

टिप्पणीहरू